संगीतकार संघ नेपाल र भूटानी गीतकार बीचको विवाद

0
1633

अहिले भैरल भएको संगीतकार संघ नेपाल र भूटानी गीतकार बीचको विवाद सम्बन्धि जर्जियाबाट बिकास राई आफ्नो Facebook वलमा यस्तो धारणा ब्यक्त गर्नु हुन्छ :

हालसालै विभिन्न अनलाइन पत्रिकाहरु र सामाजिक संजालमा नेपाली संगीत क्षेत्र र कलाकारहरुमाथि असभ्यता प्रकट गरेको भन्दै संगीतकार संघ नेपालले राकेश काफ्ले नामका एक भुटानी मुलका अमेरिकी व्यक्तिलाई सामाजिक र सांगीतिक बहिष्कार गरिएको समाचार चर्चामा आएको छ |
उक्त समाचारमा उनले व्यक्त गरेका कुराहरु सप्रमाण राखिएको देख्न सकिन्छ |
त्यसलगत्तै उनले आफ्नो फेसबुक मार्फत

भुटानी कलाकारीता मंचको हवाला दिंदै नेपालका एक स्थापित संगीतकार को नाम र तस्वीर सहित बहिष्कार गरेको कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ |
हामीलाई जानकारी भए सम्म राकेश काफ्लेको छवी बिभिन्न समयमा विवादास्पद देखिएको छ | एक जना भुटानी मुलका व्यक्ति हुनु र उनले गरेका क्रियाकलापहरुले सिंगो भुटानी कलाकार समाजको प्रतिष्ठामा आँच आउन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै यि विवादहरुको सम्पूर्ण जिम्मेवारी उनि स्वयंमा रहेको स्पष्ट पार्न चाहन्छौं |


र हामीलाई जानकारी भएसम्म हाल सम्म कुनै पनि भुटानी कलाकारिता मंच भन्ने संस्था अस्तित्वमा रहेको छैन |
हामी नेपालीभाषी भुटानी अमेरिकीहरुमा नेपाली कला,संगीत,भाषा,संस्कृति प्रति अगाध आस्था रहिआएको छ |
कुनै पनि सभ्य नेपालीभाषी भुटानी अमेरिकीले यसमा आँच आउने कुरा कल्पना समेत गर्न सक्दैन भन्दै यसबाट सृजना हुन आएको परिस्थितीलाई सम्बन्धित व्यक्तिको व्यक्तिगत कृत्य मानेर समाधान खोज्नु हुन विनम्र अनुरोध गर्न चाहन्छौं |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here