स्वार्थ र परार्थ

0
154

एउटा गाउँमा विदेशी पाहुनाहरू आए । पाहुनाहरूको हातले खाने बानी थिएन । भात खाने बेलामा उनीहरूले चम्चा मागे । गाउँमा चम्चाले खाने चलन थिएन । चम्चाको सट्टा डाडु पनिउँ दिए । उनीहरूले डाडुले खाने बिचार गरे ।

डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले । चम्चाले खाने बानी परेकाहरूले लामो डाडुले खान खोज्दा मुखैमा पुर्याउन सकेनन् । यताउति पोखे । उनीहरूले आधाजति खानेकुरा पोखे । आधा पेट भरे र गाउँमा चम्चाको चलन नभएकोमा गिल्ला गर्दै उनीहरू विदा भए ।

केही दिनपछि त्यही गाउँमा विदेशी पाहुनाहरूको अर्को समूह आयो । उनीहरू पनि हातले खाँदैनथे । उनीहरूले पनि काँटा चम्चा मागे । नपाएपछि डाडु पनिउँले थालको भात दाल मुछे ।

तर उनीहरूले आफैले खाएनन् । आमुन्ने सामुन्ने बसेर एकले अर्कोलाई डाडुले ख्वाए । यसरी एक सिता भात नपोखीकन उनीहरूले पेट भरे । अनि एकअर्कोलाई ख्वाएर आपसमा सहयोग र सद्भाव बढाउने अवसर दिएकोमा गाउँलेलाई धन्यवाद दिँदै बिदा भए ।

– विनय कसजू
सामग्री स्रोत: बाल संसार वेबसाइटमा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here