जी.बी.एल.ओ टेक्सासले मनायो भानु दिवस, साथै समाज उत्थानमा गरे छलफल

0
1037

टेक्सास, साउन ०१ २०७४ – पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्तको जन्म जयन्ति हरेक वर्ष नेपाली भाषीद्वारा विश्वका विभिन्न कुनामा मनाउने गरेको सन्दर्भमा आज दिनको अपराह्न जी.बी.एल.ओ(बिश्व भूटानी साहित्यिक संगठन) टेक्सासले भानु दिवस टेक्सास फोर्त वोर्थमा मनाएको छ | उनै आदि कबि भानुभक्तले रचेका निम्न कविताको हरपसंगै उनको जन्म दिवसको श्रीगणेश गरिएको थियो |

”भरजन्म घासँ तिर मन दिई
धन कमायो
नाम्
 केही रहोस् पछी भनिBhanubhakta_Acharya
कुँवा खनायो
घाँसि दरिद्र घरको
तर बुद्दि कस्तो
 भानुभक्त धनी भइकन
आज
 एस्तो
मेरो
 इनार  सत्तल पाटी केही छन्
जे
 चिज  धनहरु छन्
घर
 भित्र नै छन्
त्यस
 घाँसीले कसरी
आज दिएछ अर्ती
धिक्कर
 हो मकन
बस्नु
 नराखी किर्ती 

कार्यक्रममा समाजका बिभिन्न तह-तप्काका व्यक्तित्व र साहित्य कर्मीहरूको उपस्थिति रहेको थियो | कबि मनिराम धिमाल, कबित यदुनाथ अधिकारी, कबि नेत्र आचार्य, कबि पातालो अन्तरे, कबि डी.पी. ढुंगेल, देवी अधिकारी आदि साहित्यकारहरूले सृजना बाचन गरेका थिए | नेपाली समाज टेक्सासलाई प्रतिनिधित्व गर्दै पाल्नु हुने साहित्यकार कमल पौडेलले पनि मन्तब्य साथै गजल प्रस्तुत गरेका थिए |

उक्ता भानुभक्त जयन्ति कार्यक्रम बीच समाज उत्थान सम्बन्धि विचार विमर्श पनि गरिएको थियो | यस खण्डको कार्यक्रममा फोर्ट वोर्थ भूटानी समाजका अगुवा सन्त लामा, चिन्तक डी.पी. ढुंगेल, व्यवसायी व्यक्तित्व हरि अधिकारी, इन्द्र अधिकारी, साहित्यकार कमल पौडेल, पत्रकार तथा जी.बी.एल.ओ अध्यक्ष डेन्जोम सहभागी थिए | साथमा युवा कबि दिपेन ढुगाना, समाज सेबी कमल छेत्री साथै अन्य केहि अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो |

कार्यक्रमको उक्त बहस खण्डमा सन्त लामाले हामी अझै पनि स्वालाम्बी हुन नसकेको कुरा उठाउदै सोसिअल इन्जिनियरिंग(Social engineering)मा जोड दिनु पर्ने बताए भने इन्द्र अधिकारीले हाम्रो आचरण, आफूलाई बिज्ञापन गर्ने तरिकालाई प्रमूख कारक तत्व मान्दै अन्ततः हामी पछि पर्नुमा हाम्रै कमजोरी भएको दाबी गरे | त्यसैगरी अर्का वक्ता डेन्जोमले समाजलाई सुन्दर तुल्याउने र आपसमा सहकार्य गर्नका निम्ति आवश्यक पर्ने सत्भाव, सौहार्दता, भाईचारा जस्ता गुण हामीसँग नहुनु पनि पछि पर्नुको अर्को कारण खुलाए | हरि अधिकारीले एकै स्वरमा अब उसो अरूको आलोचना गर्ने र अरूको कमजोरीको नाम लिने भन्दा पनि मिलेर जानुको विकल्प नरहेको बताए | बहसकै क्रममा, अर्का वक्ता डी.पी. ढुंगेलले यी सब कुरालाई व्यवस्थापन गर्न सक्ने एउटा दह्रो संस्थाको खाचो आउलाउदै हामीले धेरै कुरा सिक्नु पर्ने र खुल्ला हृदय र सकारात्मक सोच लिएर अघि बढ्नुपर्ने उल्लेख गरे | कमल पौडेलले नेपाली समाजका उदाहरण दिदै नेपाली भाषी भूटानीहरूले धेरै राम्रा गर्दै गरेको र अझ राम्रो गर्न सक्ने ठूलो सम्भावना रहेको आफ्नो विचार ब्यक्त गरे |

भानु जयन्तीमा भानुको र भानु सम्बन्धी कविता पढेर मात्र पुग्दैन, नेपालीलाई एकताको मालामा गास्न रामायणको नेपाली अनुबाद गरेर उनले योगदान पुर्याए जस्तो हामीले पनि समाज निर्माणमा महत्वपूर्ण भूमिका निभाउन सक्नु पर्छ भन्ने कार्यक्रमको मूल मन्त्र रहेको जी.बी.एल. टेक्सास चप्टर अध्यक्ष तथा कबि यदुनाथ अधिकारीले जानकारी गराए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here