सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम

0
1450

 “मातृभाषाको संरक्षण गरौं, आफ्नो पहिचान जोगाऔं” भन्ने मूल नाराका साथ स्थापना भएको मातृभाषा संरक्षण समूहले अमेरिकाको पेन्सलभेनिया राज्यको हेरिस्बर्ग शहरमा  यहि मिति अप्रिल/२/२०१७ आइतबारका दिन, मातृभाषा संरक्षण समूहको दोस्रो प्रस्तुतिका रुपमा तीनवटा पुस्तकको भव्यताका साथ लोकार्पण साथै भूटानी समुदायका दुई समाजसेवी विशिष्ट व्यक्तिको सम्मान गरेको छ ।

 सोही समूहका सदस्य बैरागी माइलाको अध्यक्षतामा भएको कार्यक्रममा तीन पुस्तकहरू सुशील रेग्मीको “dharmendraभूल्नै सकिन” गजल संग्रह, बैरागी माइलाको “कुलागाङ्रीको फेदिबाट” गजल संग्रह अनि धर्मेन्द्र तिम्सिना “क्षितिज”को “एक अञ्जुली सपना” कविता संग्रह भव्यताका साथ लोकार्पण भएका छन् साथै भूटानी समुदायलाई लामो समयदेखी चित्रकलाले सुसज्जित गराउनुहुने अनि मातृभाषा संरक्षण समूहको पहिलो र दोस्रो दुबै प्रस्तुतिहरुमा पुस्तकको कभर फोटो डिजाइन गरिदिनुहुने चित्रकार डि.बि सारु र कम्प्युटरमा राखेर त्यस फोटोलाई पुस्तकमा मिल्ने गरि डिजाइन गरिदिनुहुने गोपाल बाँस्कोटा सम्मानित भएका छन् ।

स्मरण रहोस् मातृभाषा संरक्षण समूहले पहिलो प्रस्तुतिका रुपमा आठ जना भूटानी स्रस्टालाई समेटेर संयुक्त गजल संग्रह “समुन्द्रपारीका कलमहरु” २०७२ प्रकाशित गरिसकेको छ । उक्त कार्यक्रम बिहान ११:३० बजे सुरु भएर १२:४५ मा सम्पन्न भएको थियो । छोटो र मीठो कार्यक्रममा विभिन्न विशिष्ट व्यक्ती, कवि विकाश थापा, टीका ढुङाना, सविन शर्मा धिमाल साथै ४०-५० जना साहित्यप्रेमी सर्जकहरु उपस्थित भएका थिए ।

सो कार्यक्रममा धेरै स्रस्टाहरुले आफ्नो रचना साथै विचारहरु व्यक्त गरेका थिए भने कार्यक्रमको सन्चालान नेत्र आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here