१०७ औं महाकवि लक्ष्मी जयन्ती, अनेसासद्वारा अर्विंगमा

0
920
पोष्ट रिपोर्ट, डालस टेक्षसास, कार्तिक ७ २०७३

अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्षसास च्याप्टरले १०७ औँ महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम, अर्विंग(Irving) स्थीत नेपाली मन्दिरको NST सभा भवनमा %e0%a4%a8%e0%a5%abमिति ७ कार्तिक २०७३ अनेसास टेक्सास अध्यक्ष श्री बासु शर्माको सभापतित्वमा सम्पन्न गरेको छ | उक्त साहित्यिक कार्यक्रममा बृहद प्रतियोगितात्मक कबि गोष्ठीको आयोजना गरिएको थियो साथमा अप्रतियोगी कबिहरुले पनि कविता वचन गरेका थिए |

बिजयी प्रतियोगीहरूलाई पुष्पराज भुपकुमारी साहित्य पुरुस्कारद्वारा विभूषित गरिएको थियो | कृष्ण खनाल प्रथम स्थान ओगट्न सफल भएका थिए भने द्वितीय पुरस्कार इश्वरी रिजाल हात परिन् | त्यसै गरि तृतीयमा कबि द्वय भगवती पौडेल र बलराम प्रसाद फुँयालले विजय प्राप्त गरे | पुरस्कार रकम प्रथम, द्वितीय र तृतीय क्रमसः $३००/२००/१००/- गौरीराज जोशी परिवार %e0%a4%a8%e0%a5%acद्वरा प्रायोजित भएको थियो | सैलेस आचार्य, बासुदेव भण्डारी र डेन्जोम सम्पाहंगले उक्त प्रतियोगितात्मक कबि गोष्ठीको निम्ति निर्णायकको भूमिका निभाएका थिए |

महाकवि लक्ष्मी प्रसाद देवकोटासँग बाल्यकाल व्यतित गरेका प्राध्यापक श्री प्रभात दिक्षितले महाकविसँग प्रयक्ष बिताएका अन्तरंगहरू सभामा बडो रमाईलो पारामा बाँडीरहदा सहभागीहरूले त्यसलाई निक्कै महत्वका साथ ग्रहण गरेको सहभागी कबि नेत्र आचार्यले हामीलाई बताए | किन कि यो समयमा महाकविसँग प्रयक्ष संगत गरेका कबि बिरलै भेट्न सकिन्छ |

अनेसासले टेक्षसास च्याप्टरले उक्त कार्यक्रम नियतिम शृंखलाबद्ध हरेक वर्ष गर्दै आएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here