GENCO/FEDEX मा नयाँ वर्ष

0
846

Post Report, Apr 16 2016
अमेरिकाको टेक्सस(Texas) राज्यको फोर्ट वोर्थ(Fort Worth) शहरमा अवस्थित GENCO/FEDEX  कम्पनीIMG_1416मा कार्यरत सम्पुर्ण नेपाली भाषी कर्मचारीहरु मिलि नयाँ वर्ष २०७३ लाई भव्य रुपमा स्वागत गरेका छन्। कम्पनीमा कार्यरत नेपाली भाषीहरुको आयोजनामा “नयाँ वर्ष भोज” सम्पन्न भएको छ।

चैत्र ३१ गते रातको ठिक १२ बजे, कार्यस्थलमै “HAPPY NEW YEAR 2073” भनेर सबैले एकै स्वरमा भनेर नव वर्षलाई स्वागत गरिएको थियो। त्यसको केहि दिन अघि देखि सम्पुर्ण नेपाली भाषी कर्मचारीहरुले केहि रकम संकलन गरि भोजको आयोजनामा जुटेका थिए। उक्त कम्पनीका मेनेजर, सुपरभाइजर लगायतका उच्च पदका कर्मचारीहरु, अन्य देश र अमेरिकाकै सहकर्मीहरुलाई समेत सामेल गराएर कम्पनीकै breakroom मा उक्त भोजको आयोजना गरिएको थियो। सबैले नेपाली परिकारहरुको स्वाद लिन तछाड मछाड देखिन्थ्यो। भोजका साथमा कम्पनीका मेनेजर श्री फर्नेन्डो युटानीलाई ढाका टोपी लगाइदिएर सम्मान समेत गरिएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here