प्रेस विज्ञप्ति : GBLO सामयिक सन्दर्शन तथा सम्मेलन

0
993
Press Release - GBLO
Press Release – GBLO

प्रेस विज्ञप्ति (Press release)


यही Dec. 26th 2015 मा GBLO (विश्व भूटानी साहित्यिक संघटन) द्वारा आयोजना हुन लागेको साहित्यिक तथा समसामयिक कार्यक्रम प्रतिकुल मौसम(त्यस समय अत्यन्तै हिऊ पर्ने हुनाले) को कारण स्थान परिवर्तन गरि Georgia, Atlanta USA मा ‘भूटानी समुदाय संघ, जॉर्जिया’ (Bhutanese Community Association of GA)को संयुक्त आयोजनमा हुने सहर्ष जानकारी गराउछौं |
कार्यक्रमको नाम ‘GBLO सामयिक सन्दर्शन तथा सम्मेलन’ रहने छ | उक्त कार्यक्रम तीन चरणबाट सम्पन्न गरिन्ने छ | पहिलो खण्डमा ‘सम्भावना, समस्या र समाधानको खोजी’ भन्ने नारामा केद्रित रहेर बहस, छलफल, चिन्तन र अन्त्रिक्रिया गर्दै उचित निस्कर्षको प्रयास रहने छ | दोश्रो खण्डमा कृति बिमोचन, साहित्यिक प्रस्तुती र अन्तरराष्ट्रिय साहित्यिक सम्बन्ध र सम्मान विषयक कार्यक्रम रहने छ | अन्तमा साहित्यिक साँझ, Christmas, र नव वर्ष शुभकामना आदानप्रदान सहित कार्यक्रम सम्पन्न हुने छ |


यहाँहरू सम्पूर्णमा हार्दिक निमन्त्रण !!!


(नोट: यस कार्यक्रममा भूटानी लेखक द्वारा लेखिएका एक उत्कृष्ट कृतीलाई सम्मान गर्ने जो घोषण गरिएको थियो, “अन्तराष्ट्रिय सृजनात्मक अनुष्ठान -३” कार्यक्रम बीच गर्ने निर्णय गरिएको छ | हाम्रो खोज र अनुसन्धान अनुसार हालसम्म भूटान भित्र र भूटान बाहिर गरी भूटानी लेखकहरु द्वारा ठूलै संख्यामा कृतीहरू प्रकाशीत भैसकेका छन् | तर हामीलाई हालसम्ममा पन्द्र(१५) वटा मात्रै उपलब्ध भएको कृतीहरुबाट उत्कृष्ट छान्न उपयुक्त नहुने ठहर भएको हुदा कृति संकलनको समय लम्बाएका हौं जसले गर्द यहाँहरूमा पर्न गएको असहजता प्रति हामी क्षम चाहन्छौं |)


कर्ण गुरुङ
प्रवक्त

GBLO (विश्व भूटानी साहित्यिक संघटन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here