गजल

0
1143

 

अन्तरमनका बात एउटै तिम्रो पनि मेरो पनि
जुनेली ति रात एउटै तिम्रो पनि मेरो पनि।।१

भयो छोड पुग्यो अब यौवनका यी बातहरू
जवानीको मात एउटै तिम्रो पनि मेरो पनि।।२

न बज्रिनु बज्रिदियो बज्रपात हामी माथी
हृदयको घात एउटै तिम्रो पनि मेरो पनि।।३

रहरहरू अनायस बिच बाटोमा ढल्दा खेरी
सामाउने हात एउटै तिम्रो पनि मेरो पनि ।।४

-मदन दुलालMadan
ठेगना – फिलादेलफिया,पेन्सिलभेनीया, अमेरीका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here