गजल – संवाद …

0
1459

मान्यता हुमागाई
क्यालिफोर्निया, अमेरिका Manyata

बिन्ती छ प्यारा त्यो मेरो तस्बिर आगोमा बालिदेऊ
सक्दैनौ भने गंगाको तिरमा लगेर फालिदेऊ

न मागें सुख, न मागें सहेल, केहि नि मागिंन
भनेकी थिए एक धर्को सिन्दुर सिरमा हालिदेऊ

पोल्दछ छाती, यो मध्येराती, तिम्रो नै यादमा
जसरी हुन्छ याद आउने बाटो आफैले टालिदेऊ

प्याराको नाम, जपेर देउता, भाकेर आउने छु
हे आमा मलाई अक्षता राखी फूलपाती थालिदेऊ

सबै छन पिरमा,म तुल्सी मोठमा,मृत्युले लादैछ
केहि चाहिदैन एकचोटी तिम्रो दर्शन खालिदेऊ

उत्तर
नेत्र आचार्य
फोर्ट वोर्थ, टेक्सास।Netra

होम गर्ने चामल, तस्विर है’न आगोमा बाल्नलाई
जपेर मन्त्र पुरोहित जस्तो सक्दिन फाल्नलाई

दियोमा रात काटौंला भन्थ्यौ, वैभवलाई छोडेर
त्यस्बेला सिन्दुर निराधार सोचें सकिन हाल्नलाई

जलेकी रैछौ रातमामात्र, यहाँ खरानी को देख्ने ?
अस्तित्व छैन धुलोको कुनै यादहरु टाल्नलाई

प्रकृति खेल सम्झेर नाम जप्नलाई छोडिदेउ
भर है जोस र जाँगर नयाँ जीवन थाल्नलाई

डोलीमा चढाई स्वागत गर्छ स्वर्गको द्वारपाल
आऊ है छिटो दर्शन पाउन, पाप धर्म चाल्नलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here