सूचना तथा अनुरोध

0
1555
%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%beडालस टेक्षसास, आषाढ २५ २०७२

आदर्णिय स्रष्टा सर्जक तथा शुभ चिन्तक ज्यू,

         शान्ति-सद्भाव, सम्बृद्धि र स-प्रेमको बाटोलाई पहिल्याउदै नेपाली भाषा-साहित्यको विश्विकरण सहित नेपालीत्व सुरक्षित राख्न, कला र संस्कृतिको संरक्षण गर्न, युवा पिढीमा सृजनशीलताको उर्जा छर्न र निस्वार्थ मानवीय सेवा अनि सहयोग पु-याउन ‘विश्व भूटानी साहित्यिक संगठन’ले आफ्नो धर्म ठान्दछ | यस महान कर्म र लक्ष्यलाई मूर्तता प्रदान गर्न यस संस्थाले चलेको सामान्य साना प्रयासहरूलाई यहाँहरूकै साथ र समर्थनले ठूलो मदद मिलेको छ |

        हो यसै उदेश्य भित्र रहेर नव युवा पिढीलाई कलम चलाउन उत्प्रेरित गर्ने र स्थापित/अग्रजहरूलाई सम्मान भन्ने हेतुले भूटानी(स्वदेशमा रहेका, निर्वासन र तेश्रो मुलूकहरूमा पुनर्बास भएका)हरूद्वारा रचित उत्कृष्ट एक नेपाली ग्रन्थ/कृतिलाई आगामी पौष २०७२मा पुरस्कृत गर्ने अर्को एउटा सानो प्रयत्न गरिएको छ | बिगतमा जस्तै साथ, सहयोग र समर्थन गर्नुनै हुनेछ भन्ने अपेक्षा सहित दुई(२)प्रति भूटानी लेखकद्वारा रचित कृति यथासक्दो चाडो निम्न ठेगाना, शर्त र मापदंडमा पर्ने गरि पठाउनको लागि पनि यो सूचना जारि गरिएको छ ।

ठेगाना, शर्त र मापदंड :

१. ठेगाना – 5881 Shadymist Ln # 1Cincinnati, OH 45239 USA
       (ठेगाना  सम्पर्क व्यक्ति : Uttam Maramlong Sampang)
२. कृति कार्तिक २०७२को अन्तिम सम्ममा उल्लेखित ठेगानामा आइपुग्नु पर्ने छ | लेखक भूटानी(स्वदेशमा रहेका, निर्वासन र तेश्रो
मुलूकहरूमा पुनर्बास भएका) हुनु पर्ने छ | (दोश्रो संस्करणबाट अन्य राष्ट्रहरूलाई पनि हामी समेट्ने सोच बनाएका छौं )|
३. कुनै पनि विधाको कृति पठाउन मिल्ने छ |
४. संसारिकरूपमा लेखकको उपस्थिति नभए, सूचना प्राप्त नभएर वा कुनै किसिमबाट लेखक असक्त भएमा निजको नातेदार/साथीले आफ्नो परिचय खुल्ने कागजात कृतिसंग संग्लन गरि पठाउन सकिने छ |
५. पुरस्कारको नाम “GBLO वर्ष पुस्तक पुरस्कार” रहनेछ | वर्ष पुस्तकको अर्थमा निश्चित वर्ष तोकिएको छैन |
६. लेखकको संक्षिप्त विवरण पठाउन पर्ने छ (जस्तै, लेखकको, तस्बिर, नाम, ठेगान, सम्पर्क) |
(नोट : नेपाल र नेपाल नजिक रहनुहुने स्रष्टाहरुले निम्न ठेगानामा सम्पर्क गरि पुस्तक संकलन गर्नु सक्नुहुने छ |
स्रष्टा छापाखाना दमक-११, झापा फोन नं ०२३-५८५९७८ मोवाइल: ९८४२६२२३१८ ईमेल: thulung33@yahoo.com yamthulung01@gmail.com)

निर्णय पद्दति : जनमानसको रोजाई, लोकप्रियता, पारदर्सिता र निस्पक्षतालाई ध्यानमा राख्दै निर्णय दुई चरणमा बाँडिएको छ |
१.      पहिलो चरणमा बिद्धुतिय माध्यामद्वारा मतदान हुने छ | (उल्लेखित समय भित्र कृति प्राप्त भइसके पछि बिद्धुतिय मतदानको तरिका, मतदान गर्ने समय सार्वजनिक गरिन्ने छ तर कुनै प्राविधिक कठिनाया हुन गएमा यो चरणलाई नपाउन पनि सकिने व्यौरालाई यहाँ स्मरण गराइन्छ |)
२.     दोश्रो चरणमा साहित्यको ज्ञान राख्ने अग्रज व्यक्तित्व/साहित्यकार र आयोजक प्रतिनिधिबीच बाट निर्मित पाँच सदस्यीय निर्णायक
मण्डलीको संग्लन रहने छ | यो चरण नै अन्तिम निर्णायक हुने छ |

पुरस्कार : मात्र एक कृतिलाई विजेता घोषण गरिनेछ | विजयी स्रष्टालाई नगत तथा प्रमाण पत्रद्वारा सम्मानित गरिनेछ |
anima-copy

भवदीय

विश्व भूटानी साहित्य संगठन
विश्व केन्द्रीय सचिवालय

आषाढ २४ २०७२, बुधबार अष्टमी |

 Please click here to see original release regarding this news.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here