खुला विचाररपत्र !

0
1042
कर्ण गुरुङ
कर्ण गुरुङ

म आफ्नै पुर्खको देशमा शरणार्थी भएको बेला, नागरिकताबिहीन भएको बेला, महत्वपूर्ण कर्मगर्ने समय कानुनी बन्देजले बाँधिएको बेला; हक–अधिकारबिहीन, र अनिश्चित भविष्यसँग जोरी खेल्दै दर्दनाक जिउनुमा अनेकौं उपाय अपनाएको त्यो दिन सम्झन्छु अनि पुनर्वासपछि म र त्यो मसँग दजाई हेर्छु । आफू जन्मेको देशले नेपाली भनि हेला गरि निस्कासित र पुर्खको देशमा आइपुग्दा पुर्खको हकबाट आफ्नै सन्तान बन्चित हुनु पर्दाको पीडा केलाई हेर्छु । कानुनी धारा देखाउँदै नागरिकता लिनेहरु जेल चलान हुँद, काम गर्न अवैधानिक हुँद, स्वाभिमान जोगाउन ढाँट्दको असहज परिस्थिति अहिले पनि बिर्सन सकेको छैन । कतिपय बेला बनावटी हाँसेर हिँडेको दिन आजै जस्तो लाग्छ । समय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरुको मूल्य–मान्यताबीच नेपाली जातिको नेपालमै त्यस्तो दुरदशा हुँदा बेलाबेला नेपालीत्व कहाँ थियो र छ भन्ने प्रश्न अझै पनि यो मनमा खड्किरहन्छ।
म जस्तै विश्वभर छरिएको नेपाली जातिहरुको भविष्यको चिन्ता भैरहन्छ । भोलि विदेशमा नागरिकता लिएर र अतिक्रमित भूभागमा बसिरहेका २ करोड भन्दा बढी नेपालीहरुलाई ती देशहरुबाट कुनै राजनैतिक परिस्थितिमा देश निकाला भयो भने नेपालले कसरी समस्या झेल्न सक्छ ? के सबैले म जस्तै शरणार्थी भइरहनु पर्ने ? पुर्खको देशमा अधिकारबिहीन भै बस्नु पर्ने ? यो निकै चुनौतिपूर्ण प्रश्न र समस्या छ । यो विषयमा स्वदेशी तथा विदेशी नेपालीहरु सबैले सोचेर ‘गैर आवासीय नेपाली’ हरुको संस्था स्थापना गरेका छन् । यस किसिमका संस्थाहरुले पक्कै पनि विदेशमा रहेका नेपालीहरुको हकहित रक्षालाई मुख्य प्राथमिता दिने अनुमान गर्न सकिन्छ । संसारभरि छरिएको नेपालीहरुको सुरक्षाका लागि दुई देशीय नागरिकता ‘डुयल सिटिजन’ सबै आप्रबासी नेपालीहरुलाई दिलाउन अति आवश्यक छ।
यदि कुनै वैदेशिक राजनीतिमा उथलपुथल भएको बेला र सुरक्षाको प्रत्याभूति नभएको बेला अन्तर्राष्ट्रिय स्तरको शरण र अधिकार सबै नेपाली जातिले पाउनु पर्छ । बाच्नको लागि आवश्यक श्रम अधिकार दिनु पर्दछ । यसमा नेपाल सरकार र सम्बन्धित निकाय, सरोकारवाला अनि नेपाली जातिहरुको ध्यानाकर्षण होस् भन्ने मेरो मान्यता छ । नेपाली जाति भुटानी शरणार्थीहरुको जस्तो दुर्दशा विश्वभर छरिएर रहेका अरु कुनै पनि नेपालीले भोग्न नपरोस् भन्ने मेरो कामना छ । अब विश्वमा नेपाली जातिको एउटा दह्रो संस्था, सहयोग प्रणाली र कोष, जागरण कार्यक्रम, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारहरुसँग सम्बन्ध र सम्झौता, र सहज आवत–जावतको व्यवस्था इत्यादि मुद्दाहरुको सम्बोधन हुनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो।
म संसारको जुनसुकै कुनामा रहेका सम्पूर्ण नेपाली जाति र नेपाल सरकारलाई २ करोड भन्दा बढी नेपालीहरुको सुरक्षा र अधिकारका लागि जागरुकभै सकारात्मक रुपमा कदमहरु अघि बढाउन यो खुला विचाररपत्र मार्फत आग्रह र निवेदन गर्दछु । बिगतमा नेपाली जाति भुटानीहरुले झेलेको नरकीय परिस्थिति अब भारत, भुटान, बर्मा, थाईल्याण्ड, अमेरिका, बेलायत, अस्ट्रेलिया र अन्य मुलुकहरुमा रहेका नेपाली जातिले भोग्न नपरोस् भनी विशेषतः नेपाल सरकारलाई आग्रह गर्दछु । यो गम्भीर मुद्दाका सम्बन्धमा नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई जिम्मेवार बनिदिन र अब लेखिने संविधानमा स्पष्टसँग यस बारेमा विषय समावेश गरिदिन निवेदन गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here